त्रिदिवसीय ध्यान योग र प्रेम प्रज्ञा कार्यक्रम सम्पन्न

त्रिदिवसीय ध्यान योग र प्रेम प्रज्ञा कार्यक्रम सम्पन्न

त्रिदिवसीय ध्यान योग र प्रेम प्रज्ञा कार्यक्रम सम्पन्न

ओशोधारा नेपाल बुद्धनगर ध्यान केन्द्रको आयोजनामा भाद्र ३ देखि ५ गतेसम्म नयाँ बानेश्वरस्थित अल्फा बीटा ग्रुपको कम्प्लेक्समा त्रिदिवसीय ध्यान योग र प्रेम प्रज्ञा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

ओशोधाराका समर्थगुरु सिद्धार्थ औलियाद्वारा डिज़ाइन गरिएका यी कार्यक्रमहरू भारतबाट आउनुभएका बरिष्ठ आचार्य द्वय: आचार्य दर्शन तथा आचार्य अमरेशको नेतृत्वमा सञ्चालन भएका थिए । यी कार्यक्रमहरुमार्फत करिब १२० जना सहभागीहरू प्रज्ञा, ध्यान, योग, र उत्सवबाट प्रत्यक्ष लाभान्वित भएका थिए ।

अल्फा बीटा ग्रुपकी प्रबन्ध निर्देशक मञ्जु शर्माले जीवनलाई सन्तुलित, सकारात्मक, स्वस्थ, सुखी र सिर्जनशील बनाउन मदत गर्ने खालका यस्ता जीवन बिधायक कार्यक्रमहरू निरन्तर ल्याइरहने कुरा बताइन् । उनले ओशोधाराले १४ तलका ध्यान/समाधि कार्यक्रम, १४ तलका सुमिरण कार्यक्रम र असंख्य प्रज्ञा कार्यक्रमहरुका माध्यमबाट भौतिक तथा आध्यात्मिक रूपमा समृद्धिमा लाने उपायहरू सिकाई साधकहरूलाई गहिरो शान्ति, समझ, साधना र आनन्दको अनुभव गराएको बताइन् ।

नेपालमा यस्ता कार्यक्रमहरूको निरन्तरताले भारतबाट समेत सहभागीहरूलाई आकर्षित गर्न सकिने सम्भावना रहेको र यसले आध्यात्मिक पर्यटनमा थप योगदान पुर्याउने आशा गरिएको छ।

त्यस्तै सोही स्थानमा कर्पोरेट वेलनेस अन्तर्गत नेपाल एसबीआई बैंकका वरिष्ठ व्यवस्थापन टोलीका लागि “स्ट्रेश टु ब्लिसफुल लिभिङ” विषयमा १.५ घण्टे सेशन पनि भाद्र ५ गते सम्पन्न भएको छ ।

कार्यक्रमपछि भारतबाट आएकाका आचार्यहरू तथा नेपाली साधकहरूको सङ्गतले बसन्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, र शिवपुरी बाबा समाधि स्थल लगायत काठमाडौंका धार्मिक स्थलहरूको भ्रमण गरेका थिए ।

( समाचार साभार : केन्द्रविन्दु )